प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानुनी संघर्षमा जाने माओवादी केन्द्रको निर्णय

admin

काठमाडौँ, ८ जेठ : नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानुनी संघर्ष अघि बढाउने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध संविधान र लोकतन्त्र पक्षधरहरुसँग एकतावद्ध भएर संघर्ष गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, बुद्धिजिवी लगायत लोकतन्त्र रक्षाको पक्षमा रहेका सबैलाई यसको प्रतिवादमा उत्रिनसमेत अपिल गरेको छ ।

प्रवक्ता श्रेष्ठले देश कोरोना महामारीको भयावह संक्रमणबाट गुज्रिरहेको अहिलेको अवस्थामा समग्र पक्षलाई ध्यान दिएर संसद विघटन गर्ने कदमको प्रतिवाद गर्ने निर्णय भएको तर सडक आन्दोलन भने नगर्ने बताउनुभयो ।

सरकारको असंवैधानिक कदमविरुद्ध एकतावद्ध भएर कोरोना महामारीलाई पार लगाउन पनि प्रतिगमन र यसका नायकविरुद्ध लड्नुपर्ने अवस्था सिर्जना उहाले बताउनुभयो ।

श्रेष्ठले संसद बिघटनको विरुद्ध ५ राजनीतिक दलका बीचमा गरिएको संयुक्त सहमतिलाई स्वागत गरिएको जानकारी दिनुभयो ।माओवादीले कोरोना महामारीलाई दृष्टिगत गरी कोरोना पिडितको राहतका लागि केन्द्रदेखी स्थानीय तह सम्म कोभिड सेवा इकाई गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया