युवतीले अश्वेत युवकलाई अंकमाल गरेको तस्वीरले देशभर हंगामा

admin

काठमाडौँ, ८ जेठ : पछिल्लो समय एउटा तस्वीर भाइरल भइरहेको छ जसमा स्पेनकी २० वर्षकी एक स्वयंसेवकले एक आप्रवासीलाई सान्त्वना दिँदै उनलाई अंकमाल गरेकी छिन् । तर, यो तस्वीर स्पेनकै कैयौं मानिसहरुलाई मन परिरहेको छैन ।

फोटो सार्वजनिक भएपछि यी स्वयंसेवकलाई सामाजिक संजालमा ठूलो संख्यामा लज्जास्पद धम्कीहरु आउन थालेका छन् । यो तस्वीर स्पेनको सेउटाको हो । यहाँ समुद्र किनारमा २० वर्षकी रेडक्रस स्वयंसेवक लुना रेयेसले सेनेगलका एक अप्रवासीलाई सान्त्वना दिइरहेकी थिइन् ।

यो तस्वीर सामाजिक संजालमा भाइरल भयो त्यसपछि यसले स्पेनको एक वर्गमा ठूलो हलचल ल्याइदिएको छ । लुनामाथि लगातार नश्लवादी टिप्पणी भइरहेका छन् । द गार्डियनका अनुसार स्पेनको दक्षिणपन्थी पार्टीका समर्थकहरुले उनलाई निशाना बनाइरहेका छन् ।

लुनामाथि उनीहरु खनिनुको एउटै कारण उनले सान्त्वना दिइरहेका व्यक्ति अश्वेत हुनु हो । लुनाले पनि यस विषयमा प्रतिििक्रया दिँदै भनेकी छिन् ‘उनी रोइरहेका थिए । मैले आफ्नो हात बढाएँ अनि उनले मलाई अंकमाल गरे । मलाई ती व्यक्तिको नाम पनि थाहा छेन । केवल यत्ति थाहा छ कि उनी सेनेगलबाट आएका थिए ।’

लुनाले एक टेलिभिजन च्यानलसँग कुरा गर्दै भनिन् ‘उनीहरुले मेरो अपमान गर्न बन्द गरेनन् र मलाई भयानक नश्लवादी कुराहरु भने ।’ लुनाका अनुसार उनी आफ्नो पढाइको साथसाथै गएको मार्चदेखि रेडक्रसको साथमा स्वेच्छाले काम गरिरहेकी छिन् । तस्वीर भाइरल भएपछि स्पेनमा ह्याशट्याग ग्रेसियासलुना ट्रण्ड गर्न लागेको थियो ।

स्पेनकी मन्त्री नादिया क्याल्भिनोले यस विषयमाटिप्पणी गर्दै लुनाले हाम्रो समाजको सर्वोत्तम मूल्यको प्रतिनिधित्व गरेको बताएकी छिन् । एक अन्य मन्त्रीले यो तस्वीरलाई आशा र एकजुटताको प्रतीक भनेका छन् ।

प्रतिक्रिया