भारतीय दूतावास पुगे राजेन्द्र महतो

admin

काठमाडौँ, ८ जेठ : जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतो र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज भेटवार्ता भएको छ । राजदूत क्वात्रासँग भेट गर्न महतो काठमाडौंको लौनचौरस्थित भारतीय दूतावास पुगेका थिए ।

शनिबार बिहान १०ः५० देखि मध्याह्न १२ः४० बजेसम्म उनीहरुबीच भेटवार्ता भएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जसपा अध्यक्ष महन्थ ठाकुरसँगै महतो शनिबार बेलुका बालुवाटार पुगेका छन् ।

प्रतिक्रिया