राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दल्ने नवराज त्रिपाठी पक्राउ

admin

काठमाडौं, ९ जेठ : प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको तस्बिरमा गोबर दल्ने नेविसंघका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । पिपलको चौतारोमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दलेको भन्दै काठमाडौंको मध्य बानेश्वरबाट नवराज त्रिपाठीलाई आइतबार पक्राउ गरिएको हो ।

प्रतिनिधिसभा विगठन गर्दै मध्यावधि निर्वाचन घोषणाको विरोधमा उनले सो काम गरेको जनाइएको छ । फोटोमा गोबर दल्दै गरेको अवस्थामा पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको छ । कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका भन्दै सडक संघर्षमा आउन बाध्य भएको नेपाल विद्यार्थी संघले जनाएको छ ।

पक्राउ परेका त्रिपाठीलाई नेपाल विद्यार्थी संघले यथाशीघ्र विनाशर्त रिहाइको जोडदार माग समेत गरेको छ । नेपाल विद्यार्थी संघले लोकतन्त्रवादी एक जुट भई संघर्षको बाटोबाट संविधानको संरक्षण र ओलीलाई सत्ताच्युत गर्न  ढिलो गर्न नहुने बताएको छ ।

प्रतिक्रिया