रोल्पामा अत्याधुनिक ह’तियारको म्याग्जिन र गो’ली फेला

admin

रोल्पा, ९ जेठ : रोल्पामा अत्याधुनिक ह’तियारको म्याग्जिन र गो’ली फेला परेको छ । त्रिवेणी गाउँपालिका-२ रामपुर गाउँ नजिकै बाँसघारीमा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो ।

एके ४७ को गो’ली ७ सय ५२ थान, ७.६२ मिमिको गो’ली २ सय ८ राउन्ड र ९ एमएमको गो’ली १० राउन्ड गरी ९ सय ७० राउन्ड गो’ली बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

ह’तियारका सामग्री रहेको स्थानीयले खबर गरेपछि नेपाली सेनाको बटुक दल गणको दहवनमा रहेको गुल्मको टोलीले सामग्री बरामद गरेको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

यस्तै गत वर्ष असोजमा पनि नेपाली सेनाले ठूलो परिमाणमा ह’तियार बरामद गरेको थियो । रोल्पाका गाउँमा ह’तियार भेटिएको भए पनि प्रहरीले गोप्य राख्दा दुर्घटनासमेत हुँदै आएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीको गुनासो छ ।

प्रतिक्रिया