आज तीन सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ९ जेठ : आइतबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार तीन सय रुपैयाँ बढेर तोलाको ९३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य घटेको छ । शुक्रबार तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच रुपैयाँ घटेर तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया