कक्षा १२ को पढाई पूरा गरी दीक्षित भए ‘हृदयेन्द्र शाह’

admin

काठमाडौं, ९ जेठ : पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले कक्षा १२ उत्तीर्ण गरेका छन् । पूर्व नवयुवराज समेत रहेका उनले काठमाडौंको रवि भवनमा रहेको लिंकन स्कुलबाट कक्षा १२ को पढाई पूरा गरेर अनलाइनबाट दीक्षित भएको परिवार स्रोतले जानकारी दिएको छ ।

विद्यालयले कोरोना भाइरस संक्रमणका कारण अनलाइनबाटै दीक्षान्त समारोह गरेको छ । हृदयेन्द्र दीक्षित भएको र उनको शैक्षिक प्रमाणपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन् । शैक्षिक प्रमाणपत्रमा उनको नाम हृदयेन्द्र वीरबिक्रम शाह रहेको छ ।

सानैदेखि काठमाडौंमा पढेका उनले स्नातक तह भने विदेशमा पढ्ने योजना बनाएको पारिवारिक स्रोतको भनाई छ । हृदयेन्द्रले काठमाडौंको सुरुमा रुपिज इन्टरनेश्नल स्कूल त्यसपछि लिंकन स्कूलमा अध्ययन गरेका हुन् । सन् २००२ मा नारायणहिटी राजदरबारमा जन्मिएका हृदयेन्द्र अहिले १८ वर्षका पुगेका छन् ।

प्रतिक्रिया