चुनावबाट पछि हट्न धैरैले थर्काए, बोली र ईमानमा कटिबद्ध होऔं : डा. देवकोटा

admin

काठमाडौं, ९ जेठ : राष्ट्रिय सभा सदस्यमा निर्वाचित डाक्टर खिमलाल देवकोटाले आफूलाई चुनावबाट पछि हट्न धेरैले फकाएका र थर्काएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत् देवकोटाले आवश्यक परेमा तिनीहरूको नाम भन्दै गर्ने र कसैकसैको भ्वाइस रेकर्ड नै राखेको पनि बताएका छन् ।

उनले तर पनि आफू अडिग रहेको र विचलित भएको भए आफ्नो मात्रै नभइ आफूजस्ता स्वतन्त्र रूपमा कमल चलाउने बुद्धिजीवीहरूको इज्जत प्रतिष्ठा जाने बताएका छन् । साथै डा. देवकोटाले निष्ठा र इमानदारिताको राजनीतिबाट भागेर नहिँड्न, बोली र इमानमा कटिबद्ध हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया