१७ वर्षीय किशोर सगरमाथाको शिखरमा

admin

ताप्लेजुङ, ९ जेठ : ताप्लेजुङको मैयाँखोलाका १७ वर्षीय किशोर सोनाम शेर्पा हिउँ जोगाउन आह्वान गर्दै सगरमाथाको शिखरमा पुगेका छन् । शेर्पा आफ्नै बाबु पीके शेर्पाका साथ आइतबार बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका हुन् । शेर्पा बाबुछोरा लामो समयदेखि हिउँ जोगाउन आह्वान गर्दै विश्वव्यापी अभियानमा संलग्न छन् ।

‘पृथ्वी जोगाउन जङ्गल र हिउँ जोगाउन आवश्यक छ’, यही कुरा विश्वलाई सुनाउन र सरोकारवालालाई झकझकाउन आफूहरू सगरमाथा आरोहणमा निस्किएको पिके शेर्पाले आरोहणमा जानुअघि बताएका छन् । पिके शेर्पा सगरमाथाको अनुभवी आरोही हुन् ।

उनले हिमाल सरसफाइ तथा हिउँ जोगाउने अभियान चलाइरहेका छन् । बाबुकै पाइला पछ्याउँदै सोनाम पनि सगरमाथा आरोहणमा गएका हुन् । बाबुछोराले विश्वका सबै महादेशका अग्ला हिमाल आरोहण गर्ने लक्ष्य लिएका छन् ।

प्रतिक्रिया