आज थप १ सय ९३ जनाको ज्यान गयो, सात हजार ६ सय ६४ जना कोरोनामुक्त

admin

काठमाडौं, ९ जेठ : आइतबार देशभर कोरोना संक्रमणबाट थप सय ९३ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार तीन सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा सात हजार नौ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । १८ हजार नौ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ९८ जना र नौ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार संक्रमण पुष्टि भएकामध्ये दुई हजार आठ सय २१ जना काठमाडौं उपत्यकाका रहेका छन् । यस्तै बितेको २४ घण्टामा सात हजार ६ सय ६४ जना निको भएका छन् । अहिले नेपालमा एक लाख १५ हजार पाँच सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया