गोर्खा ब्रुअरी प्रालिद्धारा २० करोडको स्वास्थ्य सामग्री सहयोग

admin

काठमाडाैं,९ जेठ : गोर्खा ब्रुअरी प्रालिले सिंगापुरस्थित तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसनसँगको संयुक्त सहकार्यमा सरकारलाइ कोभिड–१९ महामारी विरुद्ध लड्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीलाई करिव २० करोड बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

सहयोग सामाग्रीमा कोरोना संक्रमितको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु भेन्टिलेटर, वाइप्याप मेसिन, पल्स अक्सिमिटर, फर्टिच्यूट किट्स र स्वाब्स रहेक छन् ।

कार्यक्रममा स्वास्थ्यमन्त्री त्रिपाठीले कोरोना रोकथामका र नियन्त्रणका साथै संक्रमितको उचित उपचारका लागि सामाग्री प्रयोग गरिने बताउनुभयो ।

कोरोनाको दोश्रो लहर घातक रहेको र तेश्रो लहरहको पनि जोखिम रहेकाले त्यसको तयारीका लागि सरकार जुटेको उहाले बताउनुभयो । उहाले आगामी दिन पनि सहयोगको अपेक्षा गर्दै कोरोना नियन्त्रण र महामारी रोक्न मन्त्रालयसंग समन्वय गरेर अघि बढ्न सुझाव दिनुभयो ।

प्रतिक्रिया