एकै चरणमा चुनाव गर्न आयोगको सुझाव, एक अर्ब जोगिने अनुमान

admin

काठमाडाैं,९ जेठ : निर्वाचन आयोगले सरकारलाई एक चरणमा प्रतिनिधि सभा निर्वाचन गराउन सुझाव दिएको छ । दुई चरणमा सम्पन्‍न हुने चुनावको तुलनामा एक चरणमै सम्पन्‍न गर्दा खर्च जोगिने भएकाले यस्तो सुझाव दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

कार्तिक २६ गते शुक्रबार र मंसिर ३ गते शुक्रबार सम्पन्‍न गर्ने मिति निर्धारण गरेको छ । एक चरणमा निर्वाचन गर्दा आयोगको एक अर्ब रुपैयाँ खर्च कटौति हुने भएकाले यस्तो सुझाव दिएको उनले जानकारी दिए । ‘एक चरणमा निर्वाचन सम्पन्न गर्दम आयोगको खर्च एक अर्ब जोगिन्छ,’उनले भने, ‘तर, यो आयोगको बुझाइ हो । सरकारले के निर्णय गर्छ अब ।’

निर्वाचन आयोगलाई निर्वाचनका लागि करिब आठ अर्ब खर्च लाग्ने अनुमान छ । एक चरणमा चुनाव सम्पन्न गर्दा एक अर्ब रुपैयाँसम्म जोगाउन सकिन्छ । महामारीको समयमा चालु खर्चलाई कटौति गर्नु मुख्य चुनौति भएकाले आयोगले यस्तो सुझाव दिएको हो । त्यसबाहेक सुरक्षा निकायको खर्चको हिसाब ठूलै निस्कने भएकाले त्यस्तो खर्चमा समेत कटौति हुनसक्ने उनले बताए ।

प्रतिक्रिया