बेलायती संसदमा नेपालको कोरोना महामारीको बहस

admin

काठमाडाैं,९ जेठ : बेलायतको उपल्लो सदनमा नेपालमा बढ्दै गइरहेको कोभिड–१९ सङ्क्रमण विरुद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ । नियमित रूपमा बस्ने गरेको उपल्लो सदनको बिहीबारको छलफल नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित थियो ।

बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र हाल नेपालले भोगेको सङ्कटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो ।आफ्नो भनाइ राख्दै लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले नेपाललाई २० लाख खोप उपलब्ध गराउन अनुरोध गर्नु भएको थियो ।

नेपाल लगायत विकासोन्मुख राष्ट्रहरूलाई बेलायतले खोप उपलब्ध गराउन पहल गरी सकेको र नेपालका लागि करीब तीन लाख पचास हजार कोभ्यक्स छुट्टाई सकेको कुरा सदनलाई सरकारको तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले जानकारी दिनुभएको थियो ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पनि सम्बन्धित निकायमा निरन्तर रूपमा सम्वाद भइराखेको र सकारात्मक प्रतिक्रिया आएको बताउनुभयो ।

प्रतिक्रिया