आजको मौसम : पानी पर्ने सम्भावना

admin

काठमाडौं, १० जेठ : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमामा पानी पर्ने सम्भावना रहेको छ। नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू–भागमा मौसम बदली रहेको छ।

दिउँसो पहाडी र तपाईमा मौसम बदली रहने छ। प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया