कोरोना भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रभावकारी

admin

एजेन्सी, १० जेठ : भारतमा पहिलो पटक पुष्टि भएको संक्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको छ । बेलायतको पब्लिक हेल्थ इङ्ग्ल्याण्डले गरेको अध्ययनले संक्रमक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रभावकारी देखाएको हो ।

खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्टमा जस्तै भारतमा देखिएको भेरियन्टमा पनि पाइएको बेलायती स्वास्थ्य अधिकारीले बताएका बीबीसीले जनाएको छ । खोपको पहिलो डोज मात्र लगाएकामा भने तीन हप्तापछि ३३ प्रतिशत प्रभावकारी देखिएको छ ।

फाइजरको खोप दोस्रो डोज लिएको दुई हप्तापछि भारतमा देखिएको संक्रामक भेरियन्टविरुद्ध ८८ प्रतिशत र एस्ट्राजेनेकाको खोपको पूरा डोज लिएको दुई हप्तापछि ६० प्रतिशत प्रभावकारी देखिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया