आज सात हजारभन्दा धेरै कोरोनामुक्त, थप एक सय ८५ जनाको ज्यान गयो

admin

काठमाडौं, १० जेठ : सोमबार देशभर सात हजारभन्दा धेरै जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । बितेको २४ घण्टामा देशभर सात हजार एक सय ३५ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टमा देशभर सात हजार चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार आठ सय ४६ जनाको पीसीआर विधाबाट परीक्षण गर्दा सात हजार दुई सय २० जनामा र ६ सय सात जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय पाँच जना गरी सात हजार चार सय २५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण एक सय ८५ जना संक्रमितको ज्यान गएको छ ।

प्रतिक्रिया