एकै दिन १३ अर्बभन्दा धेरैको कारोबार, परिसूचक २८ सय २३ विन्दुमा

admin

काठमाडौं, १० जेठ : सोमबार शेयर बजार नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले बढेर २८ सय २३ दशमलव ०६ अङ्कमा पुगेर नयाँ रेकर्ड कायम भएको छ । सोमबार १३ अर्ब १७ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । यो एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार हो ।

सोमबार १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँ बराबरका दुई करोड ७१ लाख कित्ता शेयर किनबेच भएको छ । यसअघिको ११ अर्ब ५५ करोड रुपैयाँको रेकर्ड सोमबार एक हप्तामै तोडिएको हो । सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको एक अर्ब २६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

सोमबार वरुण हाइड्रोपावर, युनाइटेड मर्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र सेन्ट्रल फाइनान्सको शेयर मूल्य भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया