काभ्रेमा कोरोनाबाट एकै दिन ७ जनाको मृ त्यु, निषेधाज्ञा र सिल प्रभाव देखिएन

admin

 काभ्रे, १० जेठ : दोस्रो लहरको कोरोनाभाइरस संक्रमणबाट जिल्लामा एकै दिन सात जनाको मृ त्यु भएका छन्। सोमबार जिल्लास्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोनाबाट तीन महिला र चार पुरुषको गरी सात जनाको मृ त्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख मुख एवं वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार कोरोनाबाट मृ त्यु हुनेमा धुलिखेल नगरपालिकाका ८३ र ६४ वर्षीय दुई महिला, र ७५ वर्षीय एक पुरुष, पाँचखालका नपाका ३९ वर्षीय एक पुरुष, भुम्लु गाउँपालिका ७ का ३६ वर्षीय पुरुष र बेथानचोक गाउँपालिका ५८ वर्षीय एक पुरुष छन्।

त्यस्तै भक्तपुर स्थायी घर भई काभ्रेमा उपचाररत ४५ वर्षीय एक पहिलाको मृ त्यु भएको हो। उनीहरु सबैको धुलिखेल सामुदायिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनका अनुसार क्रमशः जेठ ६, वैशाख २८, जेठ १०, वैशाख २२, जेठ ७, जेठ ९ र जेठ १ गते पिसिआर परीक्षण गर्दा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको थियो। उनीहरुलाई स्वास प्रस्वासमा समस्या भएर अवस्था गम्भीर भएपछि आफन्तले उपचारका लागि अस्पताल भर्ना गरेका थिए।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले कोरोनाबाट अहिलेसम्म जिल्लामा मृ त्यु हुनेको संख्या १ सय ५४ पुगेको बताए। उनले जिल्लाभित्र मात्रै १ सय ११ र बाहिरका ४३ जनाको मृ त्यु भएको जानकारी दिए।

उनका अनुसार जिल्लामा दोस्रो लहरमा मात्रै कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ८ पुगेको छ। जसमध्ये अस्पतालको आइसोलेसनमा १ सय ४४ र होम आइसोलेसनमा २ हजार ६ सय ६४ जनाको उपचार भइरहेका छन्।

सिल गरेको क्षेत्रमा नै बढी संक्रमित
जिल्लामा दोस्रो लहरको कोराना संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले तेस्रो पटक निषेधाज्ञा गरेको थियो। यसअघि राजमार्ग र बजार क्षेत्र आसपासका गरिएको निषेधाज्ञा गरे पनि संक्रमितको संख्यामा कमी नआएपछि प्रशासन कार्यालयले जिल्लाभर नै निषेधाज्ञा गरिएका थियो।

त्यस्तै जिल्ला बनेपा नगरपालिका, नमोबुद्ध, धुलिखेल, पनौती, पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञामाथि पनि आफ्नो क्षेत्रभित्र सिल गरे। तर निषेधाज्ञा र सिल गरे पनि त्यसको प्रभाव देखिएको छैन। पछिल्लो समय संक्रमितको तथ्याङ्क हेर्दा सिल गरिएको स्थानीय तहमा नै कोराना संक्रमितको संख्या बढिरहेका छन्। कोरोना संक्रमण समुदायस्तरमा नै पुगिसकेकाले नियन्त्रणमा समस्या तथा चुनौती थपिएको स्थानीय तहहरुको भनाइ छ।

सोमबार मात्रै जिल्लामा ३ सय ७४ जना कोरोना संक्रमित भएका छन्। जसमा बनेपा नपामा ७० जना, पाँचखालमा २५ जना, धुलिखेलमा ४५ जना, पनौतीमा ६७ जना, मण्डनदेउपुरमा २१ जना, चौरीदेउराली गाउँपालिकामा १४ जना, रोशीमा ३७ जना, तेमालमा २८ जना, भुम्लुुमा १९ जना, बेथानचोकमा १२ जना र महाभारतमा १ जना छन्।

प्रतिक्रिया