देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव नेपाल पक्षका नेतामाथि कारवाही

admin

काठमाडौं, १० जेठ : नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर वरिष्ठ नेता माधव नेपाल पक्षका नेतालाई कारवाही गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने नेता र प्रतिनिधि सभाका निवर्तमान सांसदलाई कारवाही गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

नेता नेपालसहित झलनाथ खनाल, भीम रावल लगायतलाई कारवाही गरिएको छ । पार्टीको निर्देशनविपरीत कार्यकर्ता भेला गरेको भन्दै नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई चैत्र १० गते ६ महिनाका लागि निलम्बन गरिएको थियो । तर पार्टी एकता कायम राख्ने भन्दै वैशाख ३० गते कारवाही फिर्ता लिइएको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’विरुद्ध उम्मेदवार खडा गरेको र मतदान गराएको आरोप नेपाल पक्षमाथि लगाइएको छ ।

प्रतिक्रिया