यो वारपारको लडाई हो, खुट्टा नकपाउँ : डा. बाबुराम भट्टराई

admin

काठमाडौं, १० जेठ : पूर्वप्रधानमन्त्री तथा समाजबादी दलका नेता डा. बाबुराम भट्टराईले आफू स्वास्थ्यस्थितिका कारण सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेको बताउँदै ट्वीटटर मार्फत क्षमा मागेका छन् ।

उनले लोकतन्त्र बचाउने यो एक वारपारको लडाई भएकोले खुट्टा नकपाउँन सबैमा आग्रहसमेत गरेका छन् । प्रधानमन्त्री केपी ओलीको अंहकार बहुलठ्ठी स्वभावलाई घुँडा टेकाएर छाड्नुपर्ने उनको संकेत थियो ।

डा. भट्टराईले ओली– विद्या प्रतिक्रान्ति विरूद्धको कानूनी तथा राजनीतिक लडाइॅमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल,नागरिक आन्दोलनकारी र आम जनसमुदायमा हार्दिक अपीलसमेत गरेका छन् ।

प्रतिक्रिया