गोली प्रहारबाट घाइते माओवादी केन्द्रका नेता पाण्डेको मृत्यु

admin

बुटवल, ११ जेठ : पाँच दिनअघि गो’ली प्र’हारबाट गम्भी’र घा’इते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको नि’धन भएको छ ।

अवस्था ग म्भीर भएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको एक घण्टामा नै सोमबार राति पाण्डेको ज्यान गएको जिल्ला प्र हरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्र हरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

पाण्डे र एक भारतीय नागरिकमाथि बुधबार राति तीनजनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गो ली प्र हार गरेका थिए । पेट र कम्मरमा २ वटा गो ली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमबार राति ८ बजे हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो ।

प्र हरीले उनीहरुमाथि आ क्रमण गरेको आरोपमा २ जनालाई प क्राउ गरिसकेको छ । प क्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली छन् ।

पाखुरामा एउटा गो ली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य रहेको र उनी उपचारपछि घर फर्केका छन् । व्यक्तिगत रिसिइबीका कारण पाण्डेमाथि गो ली चलाएको अभियुक्तले बयान दिएको डीएसपी भण्डारीले बताए ।

प्रतिक्रिया