सुनको मूल्य तोलामा दुई सय घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ११ जेठ : मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको छ । दुई सय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार तोलाको ९३ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुन तोलाको ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य घटबढ भएको छैन । चाँदी मंगलबार पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया