लगातार रेकर्ड बनाउँदै आएको शेयर बजार आज घट्यो

admin

काठमाडौं, ११ जेठ : केही समययता लगातार रेकर्ड बनाउँदै आएको शेयर बजार मंगलबार भने घटेको छ । नेप्से मंगलबार ६ दशमलव पाँच अङ्कले घटेर २८ सय १६ दशमलव ५६ विन्दुमा झरेको छ । बैकिङ समूहको शेयर साढे २५ अङ्कले घटेको छ ।

यस्तै होटल समूहको २८ अङ्कले, फाइनान्सको झण्डै दुई अङ्कले, उत्पादनको साढे २२ अङ्कले र अन्य समूहको शेयर २९ अङ्कले घटेको छ । व्यापार, जलविद्युत्, माइक्रो फाइनान्स, जीवन बीमा र निर्जीवन बीमा समूहको शेयर भने बढेको छ । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । दुई सय १९ कम्पनीका दुई करोड ३४ लाख कित्ता शेयर ११ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएका छन् ।

सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार कारोबार भएको छ । मंगलबार मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै झण्डै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि वरुण हाइड्रो, माउन्टेन हाइड्रो, युनिभर्सल पावर र घलेम्दी हाइड्रोको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया