प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा ३० रिट : बिहीवार र शुक्रवारका लागि पेशी तोकियो

admin

काठमाडौँ , ११ जेठ : प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचन घोषणा प्रकरणका सम्बन्धमा सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । राष्ट्रपतिबाट गरिएको प्रतिनिधि सभा विघटन बदर र संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट परेका हुन् ।

३० मध्ये ४ वटा रिटमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरिएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

विपक्षी गठबन्धनका तर्फबाट विघटित प्रतिनिधि सभाका बहुमत सांसदले दायर गरेको रिटमा भने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरिएको छ ।

सर्वोच्चमा परेका १९ वटा रिटमा प्रतिनिधि सभा विघटनलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ । ती रिटहरूलाई पर्सि बिहीवारका लागि पेशी तोकिएको पौडेलले बताए । संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ वटा रिटलाई भने १४ गते शुक्रवारका लागि पेशी तोकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया