थप एक सय ६९ जनाको ज्यान गयो, कोरोनामुक्त हुनेको संख्या चार लाख नाघ्यो

admin

काठमाडौं, ११ जेठ : नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या चार लाख नाघेको छ । बितेको २४ घण्टामा ६ हजार चार सय चार जना निको भएसँगै निको हुनेको संख्या चार लाख चार हजार आठ सय ८७ पुगेको छ । यो संख्या कुल संक्रमितको ७६ दशमलव ५६ प्रतिशत हो ।

यस्तै अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या पाँच लाख २८ हजार आठ सय ४८ पुगेको छ । बितेको २४ घण्टामा आठ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ हजार तीन सय ६ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार तीन सय ८७ जनामा र ६ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ४९ जना गरी आठ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप एक सय ६९ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ६ हजार सात सय जनाको ज्यान गइसकेको छ । अहिले नेपालमा एक लाख १७ हजार दुई सय ६१ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया