उपत्यकाका सिडिओहरुको आग्रह- ‘दुई दिनभित्र एक साता धान्ने खाद्यान्न किन्नुस्’

admin

काठमाडौँ , ११ जेठ : उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्र एक साताका लागि धान्ने खाद्यान्न सामग्री किनेर राख्न अनुरोध गरेको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)बीच बसेको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णयसँगै उपत्यकाभित्र रहेकाहरुलाई एक साताका लागि धान्ने खाद्यान्न सामग्री किन्न आग्रह गरेको हो ।

एक साताका लागि बढाइएको निषेधाज्ञामा अबको दुई दिनपछि किराना पसल तथा डिपार्टमेन्टल स्टोर खोल्न नपाइने निर्णय गरिएको छ । तर, सागसब्जी, माछामासु, दूधलगायत पसल बिहान ९ बजेसम्म खोल्न दिइएको छ ।तर, बेलुकी भने तरकारी पसल पनि खोल्न नपाइने निर्णय भएको छ ।

प्रशासनले अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएपछि उक्त दुई दिनका लागि समय दिएको छ । खाद्यान्नअन्तर्गत दाल, चामल, चिनी किन्न लाई दुई दिनको समय छुट्याइएको छ ।दैनिक किराना पसल तथा डिपार्टमेन्टमा मानिसहरूको भीडले कोरोना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारी अपनाइएको छ ।


यसैगरी बैंकमा भीड बढेको भन्दै प्रशासनले जिल्लामा शाखा बैंक एउटा र वाणिज्य बैंकको हकमा दुई वटा खोल्न अनुमति दिएको छ।

पत्रकारको हकमा सूचना विभागको कार्ड अनिवार्य गरिएको छ। सूचना विभागको कार्ड नहुनेका लागि भने मिडिया हाउसको सिफारिसमा प्रशासनको अनुमति चाहिने निर्णण् भएको छ ।

प्रतिक्रिया