आज संक्रमित हुने भन्दा निको हुनेको संख्या धेरै, थप एक सय ४५ जनाको ज्यान गयो

admin

काठमाडौं, १२ जेठ : बुधबार नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या धेरै छ । बितेको २४ घण्टामा देशभर ६ हजार सत सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ हजार सात सय १६ निको भएका छन् । अहिले कोरोनामुक्त हुने दर ७६ दशमलव ९ प्रतिशत पुगेको छ ।

नेपालमा अब कोरोना संक्रमणमुक्त हुनेको संख्या चार लाख ११ हजार ६ सय तीन पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ३० जनाको पीसीआर र तीन सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ६ हजार सात सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पाँच लाख ३५ हजार पाँच सय २५ पुगेको छ । यस्तै कोरोना भाइरसको संक्रमणका कारण थप एक सय ४५ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार आठ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया