चार्टड उडान नहुँदा मलेसियामा ३१ नेपालीको शव राेकियो

admin

काठमाडौं, १२ जेठ : नियमित अन्तर्राष्ट्रिय उडान रोकिएपछि मलेसियामा विभिन्‍न समयमा मृ’त्यु भएका ३१ नेपालीको श’व रोकिएको छ । कोभिड-१९ को महामारी सुरु भएपछि मलेसियाका लागि नियमित उडान रोकिँदा श’व पनि रोकिएको हो ।

मलेसिया दूतावासले अन्तरराष्ट्रिय उडान हुन नसक्दा मृ’त्यु भएका कामदारको शव पठाउन नसकेको जनाएको छ । ११ वटा श’वको डकुमेन्ट तयार भइसकेको र बाँकी २० श’वको डकुमेन्ट तयार गर्ने काम भइरहेको दूतावासका श्रम सहचारी दीपक ढकालले जानकारी दिए ।

चार्टड उडानमा भएपनि दूतावासले शव पठाउन तयार गरेको छ । मलेसियाबाट कोभिड सहायता सामग्री पठाउने भएकाले सहायता सामग्रीसँगै श’व पनि पठाउन लागेको हो । कोभिड महामारी सुरु भएपछि मलेसियाले विदेशी कामदार लिन छाडेको छ । स्वास्थ्य सुरक्षाको दृष्टिकोणले मलेसिया सरकारले विदेशी कामदार नलिएको ढकालले जानकारी दिए ।

नेपाली कामदारको सबैभन्दा पुरानो गन्तव्यस्थल मानिएको मलेसियामा नेपाली कामदार घट्दै गएको उनले बताए । ‘करिब तीन लाख कामदारमध्ये गत वर्ष एक लाख ६० हजार कामदार स्वदेश फर्केका छन्,’ ढकालले भने,’ अहिले मलेसियामा करिब एक लाख ४० हजार कामदार छन् ।

सुरु-सुरुमा दूतावास उद्धार गरिदिनुपर्‍यो भनेर दैनिक फोन आउने गरेको ढकाललेको भनाइ छ । मलेसियामा दैनिक ६ हजारको हाराहारीमा संक्रमण थपिरहेको उनले जानकारी दिए । गत वर्षको लकडाउनमा पनि चार्टड उडानमा मृतक कामदारको शव ल्याइएको थियो ।

प्रतिक्रिया