माधव नेपालसहित १५ जनाले सबैसँग मागे सहयोग–‘केपी गुटको धाकधम्कीविरुद्ध सबै अघि बढौँ’

admin

काठमाडौं, १२ जेठ : नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार र झलनाथ खनालसहित १५ जनाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको गुटको धाकधम्कीविरुद्ध सबै एकजुट हुन आह्वान गरेका छन् ।

बुधबार प्रेस वक्तव्य जारी गर्दै नेपाल–खनालसहित १५ स्थायी कमिटी सदस्यले अध्यक्ष एवं प्रधानमन्त्री ओली गुटको धाकधम्कीविरुद्ध सबैलाई आ–आफ्नो ठाउँबाट एकजुट हुन आह्वान गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री केपी ओलीका पार्टीभित्र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी लोकतन्त्रवादी शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ ।

यसका लागि हामीहरु तत्परता साथ आवश्यक पाइला चाल्न अग्रसर छौँ । यस कार्यमा आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई स्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आह्वान गर्दछौँ ।’जारी वक्तव्यमा प्रधानन्त्री ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य रहेको भनिएको छ ।

प्रेस-वक्तव्य-जेठ-१२-२०७८

प्रतिक्रिया