नेता प्रकाशशरण महत्तद्वारा अस्पताल बेड सहयोग

admin

काठमाडौं, १२ जेठ : नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महत्तले नुवाकोटको खरिनीटारस्थीत खरानीटार अस्पताललाइ ६ थान अस्पताल बेड प्रदान गर्नुभएको छ ।

बुधबार काठमाडौंमा सह–महामन्त्री महत्तले नुवाकोटको तादि गाँउपालीकाका अध्यक्ष एवं खरानीटार अस्पताकालका अध्यक्ष नारायण पाण्डेलाई अस्पताल बेड हस्तान्तरण गर्नुभएको हो ।

उहाले देश कोरोनाको महमारीमा रहदा सरकार सत्ता केन्द्रीत भएकाले जनताले ज्यान गुमाउनुपरेको भन्दै आफुले सक्ने सहयोग गर्ने बताउनुभयो ।

बेडको अभावले जनताले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले बेड प्रदान गरिएको र अन्य स्वास्थ्य सामाग्री पनि प्रदान गरिने महत्तले बताउनुभयो । कार्यक्रममा अस्पताकालका अध्यक्ष पाण्डले अस्पतालमा सहज रुपमा बिरामीको उपचारका गर्न थप हुने अस्पताल बेडले मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया