पार्टी जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ : नेता विष्ट

admin

काठमाडौं, १३ जेठ : नेकपा एमालेका नेता गोकर्ण विष्टले नेकपा एमालेको एकता जोगाउन अन्तिम समयसम्म इमान्दार प्रयत्न रहने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत विष्टले भनेका छन्, ‘नेकपा एमाले र जनसङ्गठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ।’

उनले राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नसक्ने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया