आज पनि सात हजारभन्दा धेरै कोरोनामुक्त, थप एक सय ६ जनाको ज्यान गयो

admin

काठमाडौं, १३ जेठ : बिहीबार कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ । बितेको २४ घण्टामा ६ हजार नौ सय ३९ जना संक्रमित थपिँदा सात हजार दुई सय २६ जना निको भएका छन् । बिहीबार निको हुने सात हजार दुई सय २६ जनासँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या चार लाख १८ हजार आठ सय २९ पुगेको छ ।

बितेको २४ घण्टामा २० हजार चार सय १४ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार सात सय ३१ जना र पाँच सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय आठ जना गरी ६ हजार नौ सय ३९ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या पाँच लाख ४२ हजार दुई सय ५६ पुगेको छ ।

यस्तै थप एक सय ६ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नौ सय ५१ पुगेको छ । अहिले नेपालमा एक लाख १६ हजार चार सय ७६ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया