धारिलो हतियार प्र’हार गरी छोराको ह’त्या

राष्ट्रिय समाचार समिति

बाँके, १३ जेष्ठ :  बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धा’रिलो हतियार प्र’हार गरी आफ्नै छोराको ह’त्या गरेका छन्। कोहलपुर नगरपालिका-१२ चप्परगौडी निवासी वलीले घरायसी झगडामा १९ वर्षीय छोरा पोषणमाथि गए राति धा’रिलो ह’तियार प्र’हार गरी गम्भीर घा’इते बनाएका थिए।

इलाका प्र’हरी कार्यालय कोहलपुरका प्रमुख प्र’हरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार ठाकुरप्रसादले नुहाउँदै गरेका बेला पछाडिबाट खसी काट्ने घरेलु हतियारले छोरालाई घाँटीमा प्र’हार गरेका थिए।

गम्भीर घा’इते पोषणको उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृ’त्यु भएको थियो। छोरामाथि ह’तियार प्र’हार गर्ने बाबु ठाकुरलाई प्र’हरीले घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रमुख प्र’हरी नायब उपरीक्षक खनालले बताए।

प्रतिक्रिया