हुण्डी कारोबार गरेको आरोपमा झण्डै ५४ लाख रुपैयाँसहित दुई पक्राउ

admin

काठमाडौं, १३ जेष्ठ : पर्सामा हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई प्र’हरीले प’क्राउ गरेको छ। बिहीबार प्र’हरीले वीरगञ्ज महानगरपालिका-८ बाट ५३ लाख ८० हजार रकमसहित दुई जनालाई प’क्राउ गरेको हो।

प’क्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-६ का २६ वर्षीय शिवआनन्द गुप्ता र वीरगञ्ज श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल छन्। उनीहरूले हुण्डी कारोबार गरिरहेको भन्ने प्र’हरीले गोप्य सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई फेला पारी तलासी लिएको थियो।

त्यसैक्रममा जैसवालले बोकेको झोला हेर्दा २४ लाख फेला पारेको प्र’हरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

थप अनुसन्धान गरी शिवआनन्द गुप्ताको डेराबाट थप २९ लाख ८० हजार रुपैयाँ प्र’हरीले फेला पारेको हो। उनीहरू दुबै जनामाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया