कांग्रेस प्रवक्ता शर्माको प्रधानमन्त्रीलाई प्रश्न : आदर्श मिश्राको आँशुको सुनवाइ राज्यले सुन्ने कि ?

admin

काठमाडौं, १३ जेठ: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कमेडियन आदर्श मिश्राका पिताको मृत्युको विषयमा न्यायको माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आदर्श मिश्राको आँशुको सुनुवाइ शुन्यतामा विलिन हुने अवस्था आएको जनाएका छन् । उनले भनेका छन्, ‘लोकतन्त्र अक्षर होइन, अनुभूति हो न्यायको ।’

उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेका छन्, `…आंशु खसाउनु पर्दैन´ कविता सुन्दै रगतको आंशु बगाइरहनुपर्छ भने न्यायको अर्थ कहाँ भेटिन्छ ? प्रधानमन्त्रीज्यू यो मृत्युको मुद्दा राज्यले सुन्ने कि यहाँको राज्यमा सुनुवाइ `शुन्ये´ ?’

प्रतिक्रिया