अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एक साता लकडाउन घोषणा

admin

काठमाडौं, १३ जेठ: अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एक साता लकडाउन घोषणा गरिएको छ । भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमित भेटिएपछि बिहीबार मध्यरातपछि लागु हुने गरि सातदिने लकडाउनको घोषणा राज्य सरकारले गरेको हो ।

कोरोना संक्रमण देखिएको कारण त्यसलाई नियन्त्रणमा लिनको लागि लकडाउन घोषणा गरिएको राज्यका कार्यवाहक प्रिमियर जेम्स मेरलिनो बताएका छन् ।

थपिएका संक्रमितसँगैं राज्यमा हाल ३४ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये एकजना आइसियुमा भेन्टिलेटरको सहायताले उपचार भइरहेको भिक्टोरिया सरकारले जनाएको छ ।

लकडाउन अवधिभर घरबाहेक सबै ठाउँमा मास्क अनिवार्य गरिएको छ । लकडाउनमा अत्यावश्यक सेवाहरु खुला रहनेछन् । त्यस्तै, स्थानीयहरु पनि खानेकुरा किन्न, बालबालिकाको हेरचाह गर्न वा गराउन, स्वीकृति लिएको काम गर्न, व्यायाम गर्न र खोप लगाउन बाहिर निस्कन पाउनेछन् ।

प्रतिक्रिया