खाद्यान्न सकिए यी नम्बरमा गर्नुस् फोन, सरकारको गाडी घरमै आइपुग्छ (नम्बरसहित)

admin

काठमाडौं, १३ जेठ: कोरोना संक्रमणको दरलाई नियन्त्रणमा लिनका लागि काठमाडौं उपत्यकामा भोलिबाट निषेधाज्ञा थप कडाइ हुँदैछ ।

किराना पसल समेत बन्द हुँदा नागरिकलाई पर्न जाने असुविधालाई ध्यानमा राखी घर–घरमै मोवाइल गाडीमार्फत खाद्यान्न ढुवानी गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

कार्यालयले बिहिबार एक सूचना जारी गर्दै कतै खाद्यान्न वस्तूको अभाव भई खरिद गर्नुपर्ने अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

कहाँ कसलाई गर्ने सम्पर्क ?
कार्यालयका अनुसार नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द (९८५१३२०३१४), विभागीय प्रमुख भीमप्रसाद थापा (९८५११३६७८५), प्रादेशिक प्रमुख थापाथलीका ज्ञानु थापा (९८५११२१७८८) लाई सम्पर्क गर्न सकिनेछ ।

यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिट्ेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ(९८५१०२२५६४), नायव कार्यकारी अधिकृत कुमार राजभण्डारी( ९८५१०३३३०३), विभागीय प्रमुख सबल रिजाल(९८५१११३६६०) र अधिकृत प्रज्वल प्रधान(९८४१३३२९९०, ९८१३२७२५६३) लाई सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया