भन्सार छलेर भारतबाट ल्याइएको ३९१ बोरा डिएपी मल बरामद

admin

काठमाडौं, १३ जेठ: कञ्चनपुर प्रहरीले भारतबाट चोरी तस्करी गरी लुकाइछिपाइ ल्याएको मलखाद बरामद गरेको छ।

बिहीबार दिउँसो प्रहरीले बेदकोट नगरपालिका-७ झस्पुरका चक्र फार्सवानको घरबाट मलखाद बरामद गरेको हो।

उनले घरको कोठामा ३९१ बोरा डिएपी मल भेटिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

बरामद गरिएको मलको मूल्य ७ लाख ८२ हजार रुपैयाँ रहेको छ। बरामद मल गड्डाचौकी भन्सार कार्यालय बुझाइएको चतुर्वेदीले बताए।

प्रतिक्रिया