काठमाडौं,१४ जेठ : उपचारका क्रममा कोरोना संक्रमित बिरामीको मृ’त्यु भएको निहुँमा आफन्तले लखेटेपछि भेरी अस्पताल नेपालगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीले ज्यान जोगाउनका लागि एक तला माथिबाट हाम फालेका छन्।
अस्पतालका चिकित्सक डा दिपक गुप्ताका अनुसार करिब साढे ९ बजेतिर कोभिड वार्डमै आएर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि ज्यान जोगाउन चिकित्सक तथा नर्सहरुले एक तला माथिबाट हामफालेका हुन्।
अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्युभएपछि उनका आफन्त आक्रोशित हुँदै स्वास्थ्यकर्मीमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ज्यान जोगाउन भाग्नुपर्ने अवस्था आएको बताए गुप्ताले बताए।
ड्युटीमै रहँदा आक्रमण हुन लागेपछि अस्पतालका डा चन्द्र प्रकाश साहु, स्टाफ नर्स अश्विनी गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठले ज्यान जोगाउनका लागि अस्पतालको एकतला माथिबाट हामफालेको डा गुप्ताको भनाइ छ।
मृतकका आफन्तले वार्डभित्रै प्रवेश गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रम गरेपछि अस्पतालमा तनाव सिर्जना भएको छ।चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि प्रमुख जिल्ला अधिकारी सहितको टोली अस्पतालमा पुगेर छलफल भइरहेको डा गुप्ताले जानकारी दिए।