अब स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर कृष्णप्रसाद पौडेल

admin

काठमाडौं, १४ जेठ : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डाक्टर कृष्णप्रसाद पौडेल स्वास्थ्य मन्त्रालयको प्रवक्ता तोकिएका छन् । यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्तामा प्राध्यापक डाक्टर जागेश्वर गौतम थिए ।

उनले कोभिड-१९ युनिफाइड केन्द्रिय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी पाएपछि प्रवक्ताको जिम्मेवारी डाक्टर कृष्णप्रसाद पौडेललाई दिइएको हो । डाक्टर गौतमले झण्डै एक वर्ष स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया