काठमाडौं, १४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशका नाममा सम्बोधन गर्ने भएका छन् । उनले शुक्रबार दिँउसो चार बजे सिंहदरबारबाट देशका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।
नेपालको संविधानअनुसार प्रत्येक जेठको १५ गते बजेट ल्याउने प्रावधान भए पनि गएको जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारको तयारी छ । यद्यपि विभिन्न क्षेत्रका विज्ञले अध्यादेशमार्फत बजेट ल्याउन नहुने र ल्याए पनि कामचलाउका रूपमा ल्याउनु पर्ने बताउँदै आएका छन् ।