काठमाडौं, १४ जेठ : शुक्रबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले घटेर तोलामा ९३ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार सुनको मूल्यतोलामा ९४ हजार २ सय रुपैयाँ थियो । यस्तै शुक्रबार चाँदी भने बिहीबार जस्तै तोलामा १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।