भेरी अस्पतालमा भएको घटना, त्यो ‘कालो दिन’ हो : चिकित्सक सङ्घ

admin

काठमाडौं, १४ जेठ : नेपाल चिकित्सक सङ्घले भेरी अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको भर्त्सना गरेको छ । सङ्घले शुक्रबार विज्ञप्ति निकालेर घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

सङ्घले (हिजो) बिहीबारको घटनालाई कालो दिनको घोषणा गर्दै घटनाको विरोधमा शुक्रबार एक दिन कालोपट्टी बाँधेर काम गर्न सबै स्वास्थ्यकर्मीलाई आग्रह पनि गरेको छ । यस्तै डाक्टर तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको स्वास्थ्यकर्मीले पनि विरोध गर्दै आएका छन् ।

‘यस कोभिड महामारीमा आफ्नो जीवन नै जोखिममा राखी दिनरात संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो हातपात गर्ने, घाँटी थिचेर लखेटी लखेटी पिट्ने र अस्पतालसमेत तोडफोड गर्ने आपराधिक मानसिकता बोकेका मानिसको भिडबाट चिकित्सक र स्वास्थ्यकर्मीको जीवन असुरक्षित रहेको प्रष्ट हुन्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया