राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा खिमलाल देवकोटालाई सपथ

admin

काठमाडौं, १४ जेठ : राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका छन् । संघीय संसद सचिवालयमा आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ गराइएको हो ।

यही जेठ ६ गते भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा ओली पक्ष एमालेका उम्मेदवार रामबहादुर थापालाई देवकोटाले पराजित गरेका थिए । देवकोटाले ५ हजार ८८ मतभार पाएका थिए भने पराजित भएका थापाले ४ हजार १४ मतभार पाएका थिए ।

माओवादी केन्द्रले एमालेमा लागेका थापालाई कारवाही गरेपछि रिक्त भएको सो स्थानका लागि उपनिर्वाचन गरिएको थियो । सपथ ग्रहणपछि देवकोटाले अहिले संविधानलाई सहि ट्र्याकमा ल्याउनुपर्ने बताए । उनले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया