विवेकशील साझा पार्टीका नेता उज्जवल थापा भेन्टिलेटरमा

admin

काठमाडौं, १४ जेठ : विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य स्थिति जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो । शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा लगिँदैछ । थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए ।

नयाँ पुस्तालाई अगाडि सार्ने भन्दै उनी चुनावमा उठेनन् । त्यसपछि मिलन पाण्डे अध्यक्ष बनेका थिए । पाण्डे अध्यक्ष भएकै बेला रविन्द्र मिश्रको साझा पार्टीसँग एकता भयो । एकतापछि फेरि विवेकशील साझा पार्टी बन्दा उनी पदाधिकारीमा बसेनन् ।

प्रतिक्रिया