काठमाडौं,१४ जेठ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।
सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी मन्त्री नियुक्त गर्ने तयारी भएको बताइएको छ ।
खड्कालाई आजै एमालेले प्रमुख सचेतक बनाएको थियो । एमाले विवादकाबीच सरकारमा सामेल हुन लागेको हो । त्यस्तै र चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री बन्ने चर्चा छ ।