दुर्गा प्रसाईंद्वारा नेता थापाको उपचार खर्च बेहोर्ने घोषणा

admin

काठमाडौं, १५ जेठ : विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष तथा नेता उज्जवल थापाको सम्पूर्ण उपचार खर्च बिएण्डसी अस्पताल झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले व्यहोर्ने भएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै प्रसाईले ललितपुरको मेडिसिटी अस्पतालमा कोरोना संक्रमणबाट गम्भीर बिरामी भई उपचार गराइरहेका थापाको उपचार गर्ने जनाएका हुन् ।

थापाको उपचारका लागि पाटीका अध्यक्ष रवीन्द्र मिश्र लगायतले आर्थिक सहयोग आह्वान गरेको थाहा पाएको बताउँदै अस्पतालको सामाजिक उत्तरदायित्व अन्र्तगत उपचार गरिने उनले बताएका छन् । थापाको उपचारका लागि शुक्रबार साँझ गोफण्डमी मार्फत चन्दा गरिएकोमा बिहानसम्म झन्डै २६ लाख रुपैयाँ उठिसकेको छ । थापा केहीदिन अघि कोराना संक्रमण भएपछि उपचारका क्रममा छन् ।

थापालाई प्रसाईले नेपालको गणतन्त्र स्थापनामा लागेका एक असल सामाजिक अभियन्ता भन्दै विज्ञप्तिमा लेखेका छन्, ‘वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलले सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनैपनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकोले उपचारका क्रममा मेडिसिटी अस्पतालमा लागेको वहाँको सम्पूर्ण खर्च बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल बिर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईंले प्रदान गर्ने व्यहोरा अनुरोध गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

प्रतिक्रिया