आज ६ हजार ८० जना कोरोनामुक्त, थप १ सय १६ जनाको ज्यान गयो

admin

काठमाडौं, १५ जेठ : शनिबार ६ हजार ८० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै देशभर कोरोना निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ । बितेको २४ घण्टामा १४ हजार ७ सय ५२ जनाको नमुना परीक्षण गर्दा ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका सहित कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ । मन्त्रालयका अनुसार थप १ सय १६ जनाको संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ७ हजार १ सय ६३ जनाले ज्यान गुमाएका छन् । अहिले देशभर १ लाख १५ हजार ५ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया