कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन

admin

काठमाडौं, १५ जेठ : सरकारले कोरोनाविरुद्धको खोप किन्नको लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अध्यादेशमार्फत बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोनाको परीक्षण र उपचार निःशुल्क गरिने घोषणा पनि गरे ।

कोरोना नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । कोरोना संक्रमितको लागि सबै प्रकारको अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउन सेन्टर कमाण्डको मातहत कार्यन्वयनमा ल्याइने बजेटमा उल्लेख छ ।

त्यस्तै कोरोना उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, सफाइकर्मी र कोभिड रोकथाममा प्रत्यक्ष रुपमा खटिने सुरक्षाकर्मीलाई प्रदान गरिने जोखिम भत्ता लगायतका अरु सुविधा संक्रमण जोखिम कायम रहेको अवधिसम्मको लागि निरन्तरता दिइएको पनि अर्थमन्त्रीले बताए ।

प्रतिक्रिया