काठमाडौं, १५ जेठ : सरकारले अब विद्यार्थीलाई ल्यापटप किन्नका लागि ८० हजार रकम उपलब्ध गराउने भएको छ ।
शनिबार आर्थिक वर्ष २०७८/७९ बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार उपलब्ध गराउने बताए।
उनका अनुसा बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यसैगरी १६ वर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने पनि अर्थमन्त्री पौडेलले बताएका छन् ।